५ चैत, काठमाडौं । नेकपा एमाले नेपाल–खनाल समूहले आफूहरुले पार्टी विभाजन पनि नगर्ने तर ओली गुटले बोलाएको केन्द्रीय कमिटी बैठकमा पनि नजाने बताएका छन् । राष्ट्रिय भेलापछि पत्रकारहरुसँग कुरा गर्दै नेता योगेश भट्टराईले यस्तो बताएका हुन् ।
“हामी संसदीय दलको बैठकमा जान्छौँ,” उनले भने, “एमालेको संसदीय दलको नेता उहाँलाई मान्छौँ तर केन्द्रीय कमिटीको बैठक होइन, ओली गुटको बैठक हो, त्यहाँ जाँदैनौँ र पार्टी पनि हामीले फुटाउदैनौँ ।”
प्रतिक्रिया दिनुहोस