मनोरञ्जन ताजा समाचार

सुशिल श्रेष्ठको ‘माइतीको आँगन’मा उषा र बिनोद (भिडियो)

Maiti ko Aagana Ma

५ चैत, काठमाडौं । गायक सुशील श्रेष्ठ ‘जुजु’ को नयाँ गीत ‘माइतीको आँगन’ मा सार्वजनिक गरिएको छ । वैँशालु उमेरमा जानेर नजानेर प्रेम गर्ने एक जोडीको प्रेम र रोमान्सको कथामा गीत बनेको छ । दीपक शर्माको शब्द, संगीत रहेको गीतमा उषा उप्रेती र बिनोद बस्नेतको अभिनय देख्न सकिन्छ । आचार्य गोपालको निर्देशन रहेको भिडियोमा उषा र विनोद प्रेमि जोडीको रुपमा देखिएका छन् ।

रोमान्टिक जनरामा व्यङ्ग्यात्मक शैलीमा तयार पारिएको भिडियोमा दिदीको प्रेमको सुईको पाएका भाइले दिदीलाई प्रेमी पाउन गरेको सहयोगलाई पनि निर्देशक आचार्यले देखाउन खोजेका छन् । भिडियोमा काजीबहादुर श्रेष्ठ, आयुष रिजाल,जीवन तामाङ, कान्छी नगरकोटीको अभिनय देख्न सकिन्छ । उदयराज पौडेलको एरेन्ज, उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ । गायक ‘जुजु’को यसअघि सुनन बोलको गीतले चर्चा पाएको थियो ।

https://www.youtube.com/watch?v=rOQVeF1d2tY

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *