समाचार

एनआरएनएले निर्माण गरेको एकीकृत नमुना बस्तीको झ्यालढोका प्लास्टिकको

larpark house

६ चैत, गोरखा । धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ । तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन् ।

‘ढोका पनि प्लास्टिकको छ, झ्याल पनि प्लास्टिकको छ’, वडाध्यक्ष राज गुरुङले भने, ‘बाहिर बोक्रो, भित्र खोक्रो भनेजस्तो छ । सानोतिनो ठक्करले पनि कतिपय घरका झ्यालढोका फुटिरहेका छन् । घर असुरक्षित भयो ।’ काठका झ्यालढोका बनाउन वडा र गाउँपालिका कार्यालयले जति अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो वडाध्यक्ष गुरुङले गरे ।

भूकम्पका कारण विस्थापित भएका लाप्राकवासीलाई पुनःस्थापित गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो बस्ती निर्माण गरेको हो । बस्तीमा ५ सय ७३ वटा घर निर्माण सम्पन्न गरेको छ । भूकम्प गएकै दिन वैशाख १२ गते स्थानीयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ । सक्नेले एनआरएनएले बनाएको झ्यालढोका फालेर आफैंले बनाएका छन् ।

‘भन्न त हामीले हस्तान्तरण नगरेसम्म यो झ्यालढोका नफाल्नू भनेका थिए । तर, मैले नै हो सबैभन्दा पहिले फालेको’, साविक लाप्राक गाविसका पूर्वउपाध्यक्ष बिसबहादुर गुरुङले भने, ‘जस्ता पनि यति कच्ची छ कि, वडाध्यक्षको घरको जस्ता पनि प्वाल परिसक्यो ।

अरू ३०–३५ वटा घरका जस्ता प्वाल परेका छन् ।’ एनआरएनएको भर पर्दा स्थानीयले अरू धेरै अवसर गुमाउनुपरेको उनले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिव उप्रेतीले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *