मनोरञ्जन ताजा समाचार

छाया सेन्टरमा ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर

grand premier

६ चैत, काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को ग्रान्ड प्रिमियर गरिएको छ । शो को छाँया सेन्टरमा कार्यक्रमको पहिलो भाग देखाएर ग्रान्ड प्रिमियर गरिएको हो ।

प्रिमियरमा उत्कृष्ट २४ मा परेका प्रतियोगीप पनि चिनाइएको थियो । निर्णायक मनोज गजुरेल र हाँस्यकलाकार सुवोध गौतमको प्रस्तुतिबाट सुरु गरिएको प्रिमिएरमा टप २४ भित्र परेका ४ प्रतियोगीको प्रस्तुति देखाइएको थियो । सिक्किमका विक्की अग्रवालको प्रस्तुति कार्यक्रमको सुरुमा देखाइएको थियो भने त्यसपछि कैलाश कार्की, सन्तोष थापा र सुन्दर खनालको प्रस्तुति राखिएको थियो ।

४ प्रतियोगीका प्रस्तुतिलाई निर्णायकले उत्कृष्ट प्रतिक्रिया दिए । ‘कमेडी च्याम्पियन सिजन २’को प्रशारण २१ फागुनबाट नै सुरु भएको थियो । तर, फिजिकल अडिसनबाट उत्कृष्ट २४ छानेपछि मात्रै ग्राण्ड प्रिमियर गरेको हो ।

यस वर्ष कमेडी च्याम्पियनमा सहभागीताका लागि ६ हजार बढी मानिसले डिजिटल अडिसन दिएका थिए । ती मध्ये १ सय २० जना फिजिकल अडिसनका लागि छानिएका थिए । शोमा यो बर्षपनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई र ऋचा शर्मा निर्णायकको रुपमा रहेका छन् ।

विशाल भण्डारी निर्देशक रहेको शोको कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् । कमेडी च्याम्पियन हरेक शुक्रबार र शनिबार कान्तिपुर टिभीमा प्रशारण हुन्छ । युट्युबमा पनि यसलाई हेर्न सकिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस