साहित्य

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

dr rabindra sameer

६ चैत, काठमाडौं । साहित्य सन्ध्या नेपालले हिंजो २०७६ को साहित्य सन्ध्या पुरस्कार साहित्यकार डा. रवीन्द्र समीरलाई दिने निर्णय गरेको छ ।

नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा बिगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई फाल्गुण १५ गते हुने समारोहमा १५,००० नगद सहित प्रशंशा पत्र प्रदान गरिनेछ ।

संस्थाका अध्यक्ष राम विनयले हस्ताक्षरित विज्ञप्तिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा साहित्यकार प्रा.डा. जीवेन्द्र गिरीको विशिष्ट आतिथ्यमा उक्त पुरस्कार प्रदान गरिने बताइएको छ ।

डा. रवीन्द्र समीरका बहुचर्चित मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *