
६ चैत, काठमाडौं । काठमाडौंमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले १ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् । शुक्रबार बिहान साढे २ बजेको समयमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा देखे पछि ड्युटीमा रहेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस