मुख्य समाचार

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

agni kharel

६ चैत, काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै राजीनामा दिएको स्पष्ट पारे ।

तीन वर्षयता सरकारको कानुनी सल्लाहको भूमिका निर्वाह गर्दै आएका उनले राजीनामापछि पनि प्रधानमन्त्रीसँगकाे सम्बन्धमा कुनै कमी नआउने बताए । आफू महान्यायाधिवक्ताका रूपमा रहँदा साथसहयोग दिने सबैलाई धन्यवाद दिँदै उनले आफूले तीन वर्षको अन्तरालमा गरेका कामहरूको केही समयपछि फेरि पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।

केही समयअघि मात्र आफूले राजीनामा दिन लागेको समाचार केही सञ्चारमाध्यममा आएको तर आज भने त्यतिबेला लेखिएबमोजिम नै राजीनामा दिएको उल्लेख गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते  खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस