
६ चैत, धादिङ । जिल्लाको बेनिघाट गाउँपालिका ३, मलेखुमा डिजिटल फोन पे प्रणाली क्यूआर स्क्यानरको सुरुवात भएको छ ।
डिजिटल पेमेन्ट प्लेटफर्म ई-सेवासँगको सहकार्यमा कुमारी बैंक लिमिटेडले उक्त स्थानमा डिजिटल प्रणालीको सुरुवात गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच बैंकले सो स्थानमा क्यूआर स्क्यानरको औपचारिक सुरुवातको घोषणा गरेको छ ।
यो प्रणालीको सुरुवात भएसँगै मलेखु बजार क्षेत्रमा व्यापार व्यवसाय गर्ने, किन मेल गर्ने ग्राहक वर्ग तथा उपभोक्तालाई सहज र सरल तरिकाले सुरक्षित भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस