कर्पोरेट

मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’

muktinath bank holi offer

६ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्र्तरगत चैत्र ६ गतेदेखि चैत्र १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता (Normal Saving Account) खोलेमा रु १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यहि अफर समय अवधि भित्र दिनु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निःशुल्क लिन सक्नेछन् ।

यस होली सप्‍ताह अफरसँगै ग्राहकले चाहेमा निःशुल्क डीम्याट खाता पनि बैङ्कमार्फत् खोल्नसक्नु पर्नेछ । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैङ्कले यो अफर ल्याएको हो ।

विकास बैङ्कले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैङ्कको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैङ्कको शाखामा उपस्थित नभइ घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस