समाचार

पछिल्लो २४ घण्टामा थपिए १२५ संक्रमित, एकजनाको मृत्यु

Corona Kathmandu

६ चैत, काठमाडौं । नेपालमा शुक्रबार थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ३१६१ मा पिसिआर गर्दा १२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ७३३ पुगेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार १६ पुगेको छ । हाल देशभर एक हजार एकजना आइसोलेसनमा र ५१ जना क्वारेन्टिनमा रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस