कर्णाली प्रदेश

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त

matrika prasad khanal

६ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन् ।

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, सभामुख राजबहादुर शाही, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतको उपस्थितिमा उच्च अदालत सुर्खेतका निमित्त मुख्य न्यायाधीश राजेश्वर तिवारीले शपथ गराए ।

यसअघि मुख्यमन्त्री शाहीले संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसको आधारमा प्रदेश प्रमुख कलौनीले मुख्य न्यायाधिवक्तामा खनाललाई नियुक्त गरेका हुन् ।

यसअघिका मुख्य न्यायाधिवक्ता विद्या भुषण मानन्धरको फागुन १३ गतेदेखि लागू हुने गरि राजीनामा स्वीकृत भएपछि खाली रहेको स्थानमा खनाललाई नियुक्त गरिएको हो । खनाल दैलेख निवासी हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस