मुख्य समाचार

बीबीसीका म्यानमार संवाददाता बेपत्ता

aung thura

६ चैत, काठमाडौं । म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ ।

‘म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्’ बीबीसीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

म्यानमारको राजधानीबाट दिउसो नै उनी बेपत्ता भएको र उनको खोजीका लागि बीबीसीले सबै प्रयास गरिरहेको पनि जनाइएको छ । उनलाई तत्काल सुरक्षित रुपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सवै सरोकारवालाहरूलाई आह्वान गरेको छ ।

म्यानमारमा गत फेबु्रअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा दर्जनौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *