विश्व/प्रवास

श्रीलङ्कामा सङ्क्रमितको सङ्ख्या ८९ हजारभन्दा बढी

Sirlanka covid19

६ चैत, काठमाडौं । श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८९ हजारभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

श्रीलङ्कामा पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३०० रहेको मन्त्रालयले पुष्टि गर्दै अहिलेसम्म कूल ८९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको हो ।

श्रीलङ्कामा अहिलेसम्म कूल ८५ हजार ९४४ जना सङ्क्रमणमुक्त बनेका छन् भने दुई हजार ६९३ सक्रिय सङ्क्रमित रहेका बताइएको छ । यहाँ कोभिड–१९ सङ्क्रमित ५३८ व्यक्तिको मृत्यु भएको छ । श्रीलङ्कामा अहिलेसम्म आठ लाख व्यक्तिले खोप लिइसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *