समाचार

काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : सह-महामन्त्री महत

Prakash Sharan Mahat

६ चैत, काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली जनताको हकहित र देश विकास तथा राम्रो काम गर्नको लागि काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा आज नेपाल शिक्षक सङ्घद्वारा आयोजित कार्यक्रममा उहाँले कुनै सम्झौता गरेर पार्टी सरकारमा नजाने बताउँदै वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए । “ कांग्रेस एक्लैले केही गर्न नसक्ने अवस्था छ, यसमा मधेशवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ”,  उनले भने, “तर हरेक सम्झौता कांग्रेसले नै गर्नुपर्छ भने कांग्रेस सरकारमा जाँदैन ।”

आफ्नो हात खुट्टा बाँधेर, चल्नै नसक्ने बनेर सरकारको नेतृत्व लिन नसकिने बताउँदै यस्तो सरकार अप्ठ्यारोमा पर्न सक्ने सहमहामन्त्री महतको भनाइ थियो । सहज रुपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नु आवश्यक रहेको भन्दै वैकल्पिक सरकार निर्माण गरौँ भनेर माओवादी र मधेश केन्द्रित दल आउँछन् भने नेतृत्व लिन कांग्रेस तयार रहेको उनले उल्लेख गरे ।

उनले सम्मानजनक अवस्थामा काँग्रेस सरकारको नेतृत्व लिन तयार रहेको बेला माओवादी र जसपाले पनि उचित वातावरण बनाउन उत्तिकै जरुरी रहेको जिकिर गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *