समाचार

हुम्लाको सिमकोटमा विद्युत् अवरुद्ध हुने

Bulb electric

७ चैत, काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटसहित दुई वटा गाउँपालिकामा अनिश्चित समयका लागि विद्युत् विद्युत् भार कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण सिमकोटले पावर हाउसमा रहेको पेनइस्टक पाइपको मर्मत गर्ने भएका कारण एक सूचना जारी गर्दै मर्मत नहुँदासम्मका लागि विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

हेल्दुङ वितरण केन्द्रको पावरसाउस पछाडिबाट पानी चुही उक्त ठाउँमा मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने हुँदा विद्युत् सेवा अवरुद्ध हुने भएको प्राधिकरणका निमित्त कार्यालय प्रमुख तेजेन्द्रबहादुर शाहीले जानकारी दिए । बिहान १० बजेदेखि मर्मत कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि विद्युत् सेवा अवरुद्ध  हुने भएको छ ।

यस्तै हेल्दुङ वितरण केन्द्र सिमकोटले विद्युत् उपभोग गर्ने सम्पूर्ण ग्राहक वर्गलाई बिहान र साँझ पिक लोडमा खाना पकाउने हिटर, रुम हिटर, इन्भटर र उद्योग सञ्चालन नर्गनसमेत आग्रह गरेको छ । यो वर्ष हिमपात नहुँदा पानीको स्रोत कम भएकाले ५०० किलोवाट क्षमता भएको आयोजनाले जम्मा ८० किलोवाट विद्युत् उत्पादन गरेको हुँदा ग्राहक वर्गलाई पावर बढी तान्ने इलोक्ट्रोनिक साधन प्रयोग नर्गनसमेत आग्रह गरेको छ ।

उक्त आयोजनाबाट यस वर्ष पानी अभावले विद्युत् उत्पादन घटेको नेपाल विद्युत् प्राधिकरण सिमकोटले जानकारी दिएको छ । कुलोमा पानी सानो छ, उत्पादन पनि घटेको प्राधिकरणले जनाएको छ । सिमकोट र खार्पुनाथ दुई गाउँपालिकाका विद्युत् उपभोग गर्ने सेवाग्राही प्रभावित हुने भएका छन् । सिमकोटमा दैनिक २० घण्टा विद्युत्भार कटौती हुँदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *