मुख्य समाचार

सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव आएको छैन : विमलेन्द्र निधि

bimalendra nidhi

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको नेतृत्व गर्नका लागि कुनै पनि दलले कांग्रेसलाई औपचारिक प्रस्ताव नगरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्न प्रस्ताव गर्दा पनि कांग्रेस अग्रसर नभएको भनी नेतृत्वको आलोचना भइरहेका बेला उपसभापति निधिले यस्तो बताएका हुन् ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा गतसाता भएको छलफलमा सहभागी जसपा नेताहरूले सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव नगरेको उपसभापति निधिको भनाइ छ । कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने मत दिएका छन् भन्ने पार्टीका नेताहरु नै अहिले सरकार गठनका लागि नेतृत्वले किन अग्रसरता नलिएको ? भनेर आलोचना गरेकोप्रति उनले आश्चर्य व्यक्त गरे । वैकल्पिक सरकार गठन गर्नका लागि कांग्रेससँग पर्याप्त संख्या नभएको निधिको भनाइ थियो ।

उनले भने, “अलिकति पनि नैतिकता भएको भए १ मिनेट पनि ढिला नगरी सर्वोच्चको फैसला लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो । लोकतन्त्रको सौन्दर्य भनेको यो हो र यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो । सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छैन । तर, प्रधानमन्त्री ओली भने त्यसको फेस गर्छु भनिरहेका छन् ।”

प्रतिनिधिसभा पुनःस्थापना भएपछि बसेका चारवटा बैठक शोक प्रस्ताव पारित गर्दै सकिएकाप्रति आपत्ति जनाउँदै उनले प्रतिनिधिसभालाई गतिशील बनाउनुपर्नेमा जोड दिए । जनताका पक्षमा छलफल गरेर नीति निर्माण गर्ने थलो प्रतिनिधिसभालाई बिजनेसविहीन बनाउनु लोकतन्त्र कमजोर पार्ने खेल भएको उनको भनाइ थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *