मुख्य समाचार

एमाले केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित

oli ccm

७ चैत, काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय कमिटी दसौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । हाल एमालेमा २६४ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

ज्ञवालीले महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष स्वतः अध्यक्ष केपी शर्मा ओली  र महासचिवमा ईश्वर पोखरेल रहेका छन् । अन्य पदाधिकारी आवश्यकता अनुसार अर्को बैठकले चयन गर्ने उनले बताए । यस्तै आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न  संगठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको एक समिति बनाइएको छ ।

बैठकले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै नेता माधव कुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । उनीहरुले दिने स्पष्टीकरणको आधारमा बैठकले आवश्यक  निर्णय लिने ज्ञवालीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *