रोचक

‘फिनल्यान्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी’

finland

७ चैत, काठमाडौं । फिनल्यान्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी रहेको पाइएको छ । खुसी नागरिकहरुको मुलुकको सूचीमा फिनल्यान्ड अहिले लगातार चौथोपटक सबैभन्दा अगाडि परेको हो ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुसीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत वर्ष विश्वभरि नै कोरोनाभाइरसको महामारी फैलिए पनि फिनल्यान्डका नागरिकको खुसीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ ।

एकार्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुसीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनकर्ताहरुका अनुसार फिनल्यान्डपछि धेरै खुसी हुनेमा आइसल्यान्डका नागरिक परेका छन् । नागरिकलाई खुसी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्वीट्जरल्यान्ड तेस्रो र चौथो क्रममा रहेका छन् ।

सूचीमा रहेका अघिल्ला १० देशमध्ये न्युजिल्यान्डबाहेक अरु सबै युरोपेली मुलुक रहेका छन् । न्युजिल्याड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४औँ क्रममा रहेको छ भने बेलायत १८औँ नम्बरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि, १७औँ नम्बरमा रहेको जर्मनी यसपटक सातौँ क्रममा परेको छ ।

विश्व खुसीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक वर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको समापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । -एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *