समाचार

भारतबाट विराटनगर फर्किएका चारजनामा कोरोना संक्रमण पुष्टि

coronavirus

७ चैत, विराटनगर । मोरङमा फेरि कोरोनाभाइरसका नयाँ संक्रमित भेटिन थालेका छन् । विराटनगरस्थित कोसी अस्पतालमा गरिएको स्वाब परीक्षणमा चारजनामा संक्रमण पुष्टि भएको हो ।

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासीका अनुसार नयाँ संक्रमित केही दिनअघि भारतबाट फर्किएका थिए । तीन महिनायता विराटनगरमा संक्रमितको संख्या शून्य थियो । बिहीबार तीन र शुक्रबार एक गरी चारजना नयाँ सक्रमित भेटिएका हुन् ।

शनिबार भने यहाँ नयाँ संक्रमित भेटिएन । कोसी अस्पतालमा गरिएको स्वाब परीक्षणमा शनिबार कसैमा पनि कोरोना पुष्टि नभएको जनाइएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पछिल्लो समय भारतमा पुनः संक्रमण बढ्दै गएको पाइएकोले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *