
७ चैत, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरले शनिबार काठमाडौंमा कार्यक्रम गरी जोशीलाई सम्मान गरेको हो ।
नेपालमा भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्बद्र्धनमा योगदान पुराएवापत संस्कृतिवीद् जोशीलाई १ लाख १ हजार १ सय ११ रुपैया सहित सम्मान गरिएको हो । उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगा प्रसाद उप्रेतिले सम्मान गरे ।
त्यसैगरी नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्वर्द्धनमा योगदान पुर्याउनेलाई सबैले सम्मान गर्नुपर्ने बताए । संस्थाका सचिव तथा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले संस्था गठन र गतिविधिका विषयमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस