
७ चैत, सुर्खेत । मुगुमा घोडाबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा ८ सिगाडी बस्ने हस्त रावलका छोरा वर्ष १५ का राजेन्द्र रावलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुकाअनुसार माथिल्लो मिलिचौरस्थित आफ्नै घोडामा चडेर चराउन जाँदा घोडाको काटीको डोरीमा खुट्टा अल्झेर करिब एकसय ५० मिटर सम्म लतारिएर मृत्यु भएको हो ।
उनको शव पोष्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । मृतक कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा तालमा घुम्न आउने पर्यटकलाई घोडामा सवार गराई सेवा दिँदै आइरहेका थिए ।
प्रतिक्रिया दिनुहोस