शैक्षिक समाचार

नयाँ विद्यार्थीका लागि ब्रिटिश कलेजको ओरियन्टेशन कार्यक्रम

Orientation

८ चैत, काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम  सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा मार्च इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

लाजिम्पाटस्थित र्याडिसन होटलमा सो कार्यक्रम आयोजना भएको हो । बीएस्सी (हन्स) कम्प्युटिङ, बीबीए तथा बीएच एममा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । कोभिड–१९ को महामारीको कारण सन् २०२० मा धेरै कठिनाईहरु भोगे पनि कलेजले गुणस्तीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राखेन । हाल नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गइरहेको अवस्थामा कलेजले ओरेन्टियसन कार्यक्रमको आयोजना गरेको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगले अनलाईन शिक्षा प्रदान गर्दै आइरहेको छ । सो समयमा कलेजले अनलाईनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई विभिन्न सेसनहरु, वेभमिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा कलेजका एशोसियट डिन अरुणलाल जोशीले आफ्नो स्वागत मन्तव्य राखेका थिए । उनले कोभिड– १९ को अवस्थाअझै सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा विशेष ध्यानाकर्षण गराएका थिए ।

साथै, उनले यो अवस्थामा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नमा कलेजद्वारा कुनै पनि सम्झौता नहुने प्रतिबद्धता स्वागत मन्तव्यमा गरे । औपचारिक कार्यक्रमको समापन बीबीए प्रोगाम लिडर सौरभ सत्यालले गरेका थिए । कलेजमा हाल विद्यार्थीहरुको भौतिक उपस्थिति तथा अनलाइनबाट कक्षा लिइरहेको छ । एडमिसन तथा मार्केटिङ विभागका प्रमुख अमरदिप मण्डलले हाल बीबीए, बीएचएम र बिएस्सी कप्युटिङको भर्ना कार्यक्रम अझै चलिरहेको जानकारी दिए ।

उनले भौतिक उपस्थितिमा कक्षा लिइए पनि कलेजको हातामा अनिवार्य मापदण्ड अपनाउनुपर्ने व्यवस्था मिलाइएको जानकारी दिए । हालको अवस्थामा दैनिक रुपमा नयाँ संक्रमितको संख्या कम हुँदै गए पनि सरकारले तय गरेको मापदण्डलाई लागू गर्दै सुरक्षित तरिकाले ओरियन्टेशन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरु सबैले मास्कदेखि स्यानिटाइजर सम्मका सबै प्रविधिहरू प्रयोग भएका थिए । त्यसैगरी कार्यक्रम स्थलमा पनि भौतिक दूरी कायम गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस