कर्पोरेट

वीरगञ्ज र रौतहटमा सर्वोत्तम सिमेन्टको प्राविधिक भेटघाट कार्यक्रम

sarbottam seminar

८ चैत, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वीरगञ्ज तथा रौटहटमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । यी जिल्लालाई केन्द्रमा राखेर सो क्षेत्रहरुमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी ‘बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको’ भन्ने नाराका साथ भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो । सो कार्यक्रम शुक्रबार वीरगञ्जमा तथा शनिबार रौटहटमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्रावधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो । उक्त भेलामा विरगंज क्षेत्रका करिब १३० ठेकेदारहरू तथा रौतहट क्षेत्रका करिब ६५ जति ठेकेदारहरूको उपस्थिति रहेको थियो ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल शारदाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वोत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्रान्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *