
८ चैत, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र उत्कृष्टमध्येको एक अर्घाखाँची सिमेन्टले निर्माणविज्ञ तथा व्यवसायी भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले निर्माणमा योगदान गरिरहेका निर्माण व्यवसायीसँगको सम्बन्धलाई थप मजबुत बनाउन सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ८० जना निर्माणविज्ञ तथा व्यवसायी उपस्थित थिए । कार्यक्रममा अर्घाखाँची सिमेन्ट र श्री स्टिलसम्बन्धी प्रस्तुतिकरण दिइएको थियो । गएको साता अर्घाखाँची सिमेन्टले काठमाडौंको पेप्सीकोला र ललितपुरको महालक्ष्मीस्थानमा पनि सोही प्रकारको कार्यक्रमको आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस