समाचार

एमालेको दुवै हातमा लड्डु छ : प्रवक्ता गुरुङ

parbat gurung

८ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सरकार टिक्न र टिकाउन अनुचित र सिद्धान्तहीन गठबन्धन आवश्यक नरहेको बताएका छन् । माओवादी केन्द्रको विश्वास कायम रहँदा सरकार स्पष्ट बहुमतमा रहेको बताउँदै उनले सरकारमा टिक्न र टिकाउन कुनै सम्झौता गर्ने पक्षमा नरहेको दाबी गरे ।

आइतबार सिंहदरबारमा पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले सरकारमा रहनु वा प्रतिपक्षमा रहनुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै चिन्ता नरहेको बताए । “हाम्रो पार्टी एमालेको निम्ति दुईटै हातमा लड्डु छ । सरकारमा रहे पनि तीन वर्षसम्म सुरुवात गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अवधारणाअनुसार राष्ट्रिय गौरव बनाउने अवसर छ,” उनले भने, “विपक्षी दल मिलेर सरकारलाई अविश्वासको प्रस्ताव ल्याए पनि विपक्षीमा रहेर प्रमुख प्रतिपक्षीको रुपमा रहेर निर्वाचनको तयारी गर्ने अवसर पनि हुन्छ ।”

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती महसुस गरे ओलीले ठूलो छाती गरेर पार्टी एकता गर्न तयार रहेको पनि बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *