समाचार

यस्ता छन् मन्त्रिपरिषद बैठकका ३५ निर्णय

parbat gurung

८ चैत, काठमाडौं । सरकारले चैत १ र ५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आजको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।

जसअनुसार कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाहा गर्ने भएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

मन्त्री गुरुङका अनुसार सरकारले कोभिड संक्रमण जोखिम न्यूनीकरण गर्न बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म होटल उद्योगले भुक्तानी गर्नुपर्ने विद्युतको मागको शुल्क शतप्रतिशत मिनाहा गरेको छ भने असोज १ गतेदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषदको फागुन २०, २५, चैत १ र ५ गते बसेको बैठकले अन्य ३५ निर्णय गरेको छ ।

सरकारले गरेका ३५ निर्णय तलको सूचीमा हेर्नुहोस्ः 

c1 c2 c3 c4

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *