मुख्य समाचार

फेरि बढ्यो कोरोना संक्रमण दर, सभा र जुलुस नगर्न सरकारको निर्देशन

Health Ministry

८ चैत, काठमाडौं । सरकारले नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्न सक्ने भन्दै भीडभाड, सभा र जुलुस नगर्न निर्देशन दिएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढ्दै गएकोले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन, साबुन–पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको हो ।

मन्त्रालयले विज्ञप्तिमा ‘देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यावसाय नगर्न आग्रह गर्दछौं।’ भनेको छ । मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । नेपालमा आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको छ ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *