८ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनको अनुसार समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफलका लागि बैठक बोलाइएको हो । आज मात्र (आइतबार) वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए ।
पौडेल पक्षले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसँग परामर्श गर्नुपर्ने जोड दिएको छ । तर, सभापति शेरबहादुर देउवा भने वैकल्पिक सरकार गठनका लागि परिस्थिति परिपक्व नबनेको भन्दै हतार गर्न नहुने पक्षमा छन् । यस विषयमा शीर्षस्थ नेताबीच छलफल गरेर केन्द्रीय समिति बैठक बोलाउने देउवाको तयारी छ ।
प्रतिक्रिया दिनुहोस