
८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् ।
यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो ।
राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।
प्रतिक्रिया दिनुहोस