समाचार

झा दम्पती अपहरण प्रकरण : ४ अभियुक्त सार्वजनिक

jha dampati

८ चैत, जनकपुर । महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट एक वृद्ध दम्पती बेपत्ता भएको ४ सातापछि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनको आयोजना गरी वृद्ध दम्पतिको अपहरणमा संलग्न रहेको आरोपमा आइतबार ४ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनका छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरो २४ वर्षीय राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका ५० वर्षीय हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता भएका दम्पतीको अवस्था सार्वजनिक गर्न नसकेपछि सीआईबीले अनुसन्धान थालेको २ दिन नबित्दै चारै जनालाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी सार्वजनिक गरिएको छ ।

यद्यपि दम्पतीको अवस्था वा उनीहरु जिवित रहेनरहेको विषयमा अहिलेसम्म केही स्पष्ट हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् । गत फागुन १० गते सोहडवा बस्ने ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीता देवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछयानसहित स-शरीर बेपत्ता भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *