सेयर मार्केट

सनराइज ब्लुचिप फन्डमा मागभन्दा बढीको आवेदन

sunrise blue chip fund

८ चैत, काठमाडौं । सनराइज क्यापिटलले बिक्री खुला गरेको सनराइज ब्लुचिप फन्ड योजनामा १ अर्ब २३ करोड ७५ लाख ८० हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको छ । फन्ड म्यानेजर सनराइज क्यापिटलका अनुसार आइतबार (चैत ८ गते) बेलुका ५ बजेसम्म ५६ हजार ८० जना आवेदकले आवेदन दिएका छन् । सोमध्ये करिब १२ प्रतिशत आवेदनको सी–आस्वा बैंकमार्फत रुजु हुन बाँकी छ ।

हालसम्म करिब ५ प्रतिशत आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । सनराइज क्यापिटलले यही चैत १ गतेदेखि सनराइज म्युचुअल फन्डअन्तर्गत १० करोड इकाइ बिक्री खुला गरेको थियो । जसमध्ये कुल इकाइको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित राखेको छ र बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री खुला गरेको थियो ।

सनराइज क्यापिटलले प्रतिइकाइ १० रुपैयाँअंकित दरमा १ अर्ब रुपैयाँ इकाइ बिक्रीमा ल्याएको थियो । यो दशवर्षे बन्दमुखी योजना रहेको छ । सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *