कर्पोरेट

सिजीका आकर्षक फ्यानहरु नेपाली बजारमा

cg fan

९ चैत, काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले विभिन्न किसिमका नयाँ तथा आकर्षक फ्यानहरु नेपाली बजारमा भित्र्याएको छ ।

फरक फरक प्रकारका उपभोक्ताहरुलाई मध्य नजर गरि सिजीले फरक फरक किसिमका फ्यानहरु ल्याएको जनाएको छ । फ्यानहरुमा सिंलिङ्ग फ्यान, स्ट्याण्ड फ्यान, टेबुल फ्यान, वाल फ्यान, एगजस्ट फ्यान र रिचार्जऐबल फ्यानहरु रहेको कम्पनीले जनाएको छ ।

आकर्षक देखिने यी फ्यानहरुमा नयाँ नयाँ विषेशताका साथै विभिन्न साईजमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । अब तपाईंले सिलिङ्ग फ्यानको खरिदमा २४ महिनाको वारेण्टी पाउनुका साथै रिमोट पाउन सकिनेछ ।

यी सिलिङ्ग फ्यानहरु २४ इन्च देखि ४८ इन्च सम्म उपलब्ध रहेका छन् भने १२ महिनाको वारेन्टी र आकर्षक रंगहरुमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस