अर्थनीति

अब अनलाइनबाटै ५०० डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

nrb rastra bank

९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था नगर्दा अवैधानिक कारोबार मौलाएको भन्दै राष्ट्र बैंकले डिजिटल भुक्तानीको व्यवस्था गरेको हो । आइतबार नै राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन बाणिज्य बैंक र विकास बैंकलाई निर्देशन दिइसकेको छ ।

जसअनुसार राष्ट्र बैंकले अब अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गरी वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था गरेको हो । नेपाली बैंकमार्फत प्रिपेड कार्ड बनाएर सो बराबरको रकम खर्च गर्न पाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।

कार्डमार्फत मात्रै वस्तु तथा सेवा खरिदको भुक्तानी हुँदै आएकोमा केन्द्रीय बैंकले नेपालबाटै वैधानिक रुपमा खर्च गर्न पाइने व्यवस्था मिलाएको हो । ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५ सय  वा सो बरावरको अपरिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ ।

अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली नहुँदा गेमिङ, शुल्क लाग्ने एप, अमेजन प्राइम तथा नेटफ्लिक्स, अन्तर्राष्ट्रिय ई–कमर्सको सेवा र त्यसको भुक्तानी असहज हुँदै आएको छ । सोही असहज हटाउन अनलाइन भुक्तानी खुला गरिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस