समाचार

भक्तपुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते

gas bispot

९ चैत, काठमाडौं । भक्तपुरमा खाना बनाउँने ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा ६ जना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–५ को सिर्जनानगरमा ग्यास सिलिन्डर विस्फोट भएर भएको आगलागीबाट ६ जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आइतबार साँझ शिवलाल कस्पालको घरको पहिलो तलामा रहेको भिमेश्वर मःम एण्ड चिकेन हाउसमा खाजा बनाउँदा सिलिन्डर विष्फोट भएको थियो ।

gas bispot

विष्फोटबाट होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भएका ३९ वर्षीय टिकाराम बस्नेत, ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् । घाइतेहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

झापा घर भएका १९ वर्षीय आदित्य सुवेदी, सुर्यविनायक–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा सामान्य घाइते छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *