विश्व/प्रवास

जर्मनीमा लकडाउन १८ अप्रिलसम्म बढाउने तयारी

coronavirus in germany

९ चैत, काठमाडौं । कोरोनाको बढ्दो प्रकोपका कारण जर्मनीमा एकपटक पुनः लकडाउन बढाउने तयारी गरिएको छ । संक्रमणलाई रोक्नका लागि तयार गरिएको ड्राफ्ट प्रपोजलमा लकडाउनलाई लगातार पाँचौं महिना बढाउने पूरा खाका तयार गरिएको छ ।

चान्सलर एंजेला मर्केलको कार्यालयबाट तयार गरिएको प्रपोजलमा लकडाउनलाई १८ अप्रिलसम्म बढाउने कुरा गरिएको छ । सोमबार हुँदै गरेको रिजनल र नेशनल लिडर्सको मिटिङमा यसबारे अन्तिम निर्णय लिन सकिनेछ ।

यस्तै, एकैदिन सबैभन्दा बढी बिरामी पाउने मामिलामा भारत दुनियाँको दोस्रो स्थानमा आइपुगेको छ । यहाँ एकैदिन ४४ हजार ९ नयाँ संक्रमित भेटिए । यस्तै सबैभन्दा धेरै संक्रमित ब्राजिलमा भेटिएका छन् । यहाँ पछिल्लो २४ घण्टामा ४७,७७४ नयाँ संक्रमित पुष्टि भएका छन् । ३९,४९६ नयाँ केससहित अमेरिका तेस्रो स्थानमा परेको छ ।

जर्मनीमा ११ हजारभन्दा बढी संक्रमित भेटिएः

जर्मनीमा पछिल्ला थुप्रै दिनदेखि दैनिक १० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यहाँ आइतबार ११,१४९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । यतिबेला ५,६०० मासिनहरुले कोरोनालाई मात दिएका छन् र १२३ जनाको मृत्यु भएको छ । यहाँ हालसम्म २६.७० लाख मानिसहरु कोरोना पोजेटिभ भइसकेका छन् ।

यस्तै, ७५,२७० मानिसहरुको मृत्यु भएको छ र १.७९ लाखको उपचार चलिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *