विश्व/प्रवास

म्यानमार ‘कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध लगाउने तयारीमा ईयू

myanmar protest

९ चैत, काठमाडौं । युरोपियन युनियन (ईयू)ले म्यानमारमा सैन्य कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । ईयूका परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन ब्रसेल्स आइपुगेका ईयूका वैदेशिक मामिला प्रमुख जोसेफ बोरेलले सो जानकारी दिएका हुन् ।

प्रदर्शनकारीमाथि दमन गर्ने र कू’मा संलग्नहरुलाई प्रतिबन्ध लगाउन लागिएको बोरेललाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

गएको फेब्रअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित अन्य नेताहरुलाई नियन्त्रणमा लिई सत्ता हातमा लिएको थियो । त्यसयता जारी सेनाविरोधी प्रदर्शनमा सेनाले शक्ति प्रयोग गर्दा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

मन्त्रीहरुको बैठकले ती अधिकारीहरुको नाम औपचारिक रुपमा तय गरेसँगै सार्वजनिक गरिने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस