समाचार

चोरीका ३० बाइक र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

bike chori

९ चैत, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका ३० वटा मोटरसाइकल र स्कुटर खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रम गर्दै मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार नुवाकोटका ३० वर्षीय विमल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्री मोटरसाईकलसहित पक्राउ परेका हुन् । उनीहरुलाई गोल ढुङ्गाबाट गोंगबु बस्ने अशोकमान सिंह कुँवरको हराएको बा ९२ प ९१३३ नम्बरको निलो बुलेट बाइकको वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा ९६ प ४५९० नम्बर प्रयोग गरेको अवस्थामा पक्राउ गरेको हो ।

महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरि ३० वटा मोटरसाइकल खोजतलास एवं बरामद गर्न सफल भएको बताएको छ ।  उक्त चोरी भएका मोटरसाइकलहरू उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका छन् ।

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाका भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सीमाना जोडिएका विभिन्न स्थानहरूबाट यी मोटरसाइकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिएका छन् ।

चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाईन सेवा ‘लस्ट भेहीकल अप्लिकेसन’ मा लगइन गरेर निवेदन दिने व्यवस्था समेत रहेकोले समयमै जानरी गराउन महाशाखाले अनुरोध गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस