सेयर मार्केट

अपर तामाकोशीको सेयरले सबैभन्दा बढी कमायो, चन्द्रागिरीको १५ सय नाघ्यो

nepse increase

९ चैत, काठमाडौं ।  सोमबार सेयर बजारमा २४.०८ अंकले गिरावट आएको छ ।

सोमबार बजारमा ५ अर्ब २५ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भए । परिसूचक भने २४.०८ अंकले ओर्लिएर २५१४.३९ अंकमा आइपुगेको छ । बजारमा २११ कम्पनीका १ करोड ९ लाख ३१ हजार कित्ता सेयर किनबेच भए ।

होटेल तथा पर्यटन र जलविद्युत् समूहका उपसूचकबाहेक सबै समूहको उपसूचकमा गिरावट आउँदा नेप्से घटेको हो । पछिल्लो समय सेयर बजारले अस्थिर रुप देखाउन थालेकामा लगानीकर्ताले आज प्रोफिट गरेका हुन् । घट्नेमा उत्पादनमूलक समूहको उपसचूक सर्वाधिक २.२७ प्रतिशतले ओरालो लागेको हो ।

यस्तै, लघुवित्त समूह २.०३ प्रतिशतले ओर्लियो । नेप्से घटे पनि सोमबार चन्द्रागिरि हिल्स र अपर तामाकोसीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अपरको मूल्य ६६ रुपैयाँले बढेर प्रतिकित्ता ७२६ रुपैयाँ कायम भएको छ ।

यस्तै, चन्द्रागिरिका लगानीकर्ताले एक कित्तामा १४२ रुपैयाँ कमाए । चन्द्रागिरिको सेयर मूल्य प्रतिकित्ता १५ सय ६३ रुपैयाँ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस