बैँक / वित्त

दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई मेगा बैंकद्वारा सात लाख प्रदान

mega bank

९ चैत, काठमाडौं । मेगा बैंक नेपालले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्र कुश्मामा कार्यरत् भोलाराम शर्माका परिवारलाई बिमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बिमाबापतको रकम सात लाख प्रदान गरेको हो । कर्मचारी शर्माको विद्युत् लाइन मर्मतका क्रममा ०७७ भदौ २९ गते मृत्यु भएको थियो ।

मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशव आचार्यलगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बिमाबापतको रकम हस्तान्तरण गरे ।

न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको सात लाख रुपैयाँको दुर्घटना बिमा गरिदिएको छ ।

यो खाता खोल्ने ग्राहकहरुलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैयाँसम्मको व्यवस्था गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस