अटो

नयाँ वर्षमा टीभीएसको ‘वा वाह वाहह’, बम्परमा प्रोटोन कार

tvs offer

९ चैत, काठमाडौं । टीभीएसले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टीभीएस ‘वा, वाह्, वाहह’ नामक ग्राहक योजना ल्याएको छ । टीभीएसको नेपालका लागि एकमात्र आधिकारिक विक्रेताले चैत्र ८ गतेबाट वैशाख ३१ गतेसम्म चल्ने नयाँ वर्ष अफर ल्याएको हो ।

योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’ अफर छ ।

साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधीमा टीभीएसको कुनैपनि मोटसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० उपहार स्वरूप प्रदान गरिनेछ ।

यस्तै ‘वा’ बाट ‘वाह’ हुँदै ‘वाहह’ सम्मको बनाउन योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकलाई बम्पर उपहार स्वरुप स्ट्यान्डर्ड एमटी भर्सनको नयाँ प्रोटोन सागा प्रदान गरिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *