
९ चैत, काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले धितापत्रको प्रारम्भिक सार्वजनीक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
चैत ८ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले हाल कायम जारी पुँजीको ३२.५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को वित्तीय विवरण पनि पारित गरेको छ ।
यस्तै, अन्य उपयुक्त वित्तीय संस्थाहरुसाग एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय समेत गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुधिर प्रसाद लोहनीले बताए ।
प्रतिक्रिया दिनुहोस