
९ चैत, काठमाडौं । सन्जिव नेपाली र प्रेमकुमार दर्नालले उताह अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
पुरुष ३१–४० वर्षमा सन्जिवले अमेरिकाका जोन स्विनेलाई पछि पारे । ४१–५० वर्षमा प्रेमले अमेरिकाकै रायन किफेलाई पन्छाए ।
महिला तर्फ १८–३० उमेरमा सन्दिपा अम्गाईंले रजतमा चित्त बुझाइन् । सन्दिपा सिंगापुरकी पोह वान जर्जियासँग चुक्न पुगिन । प्रतियोगिता अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा मार्च २१ र २२ तारिखमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस