मुख्य समाचार

ओलीलाई लिखित जवाफ दिने माधव नेपाल पक्षको निर्णय

madhav nepal jhalanath khanal

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षले निर्णय गरेको छ । ललितपुरमा सोमबार सम्पन्न माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्षमा सो समूह पुगेको हो ।

पार्टी हित विपरित गतिविधि गरेको भन्दै महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित चार जना नेतालाई स्पष्टीकरण दिन पत्राचार गरेका थिए । ‘महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको पत्र आज प्राप्त भएको छ, भोलिसम्म यसको लिखित जवाफ तयार हुन्छ,’ माधव-झलनाथ पक्षका एक नेताले भने ।

गत चैत ७ गते बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै ओली पक्षले माधव पक्षका नेताहरूलाई कारवाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस