
९ चैत, काठमाडौं । मुटुको विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले बिराटनगरमा उपलब्ध गराउने भएको छ ।
आगामी बैशाख १ गते देखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले बिराट मेडिकल कलेज टंकी सिनुवरी, बिराटनगरबाट शुरु गर्ने भएको छ ।
एन्जियोग्राफि, एन्जियोप्लाष्टि लगायत क्याथल्याब मार्फत गरीने इन्टर्भेन्सनल कार्डियोलोजी सेवाले बिराटनगर लगायत पूर्वाञ्चल भरीकै जनताहरुलाई आकस्मिक मुटुरोग उपचारमा सहजता प्राप्त हुने विश्वास लिइएको छ ।
ललितपुर स्थित नेपाल मेडिसिटी अस्पताल र बिराटनगर स्थित बिराट मेडिकल कलेजले सोमबार एक सम्झौता गरेसँगै नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञहरुले बिराटनगरमा सेवा बिस्तार गर्ने भएका छन् ।
नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा तथा बिराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीले सम्झाता पत्रमा हस्ताक्षर गरेका छन् ।