कर्पोरेट

मेरो सेयर तथा डिम्याट खाता नविकरण शुल्क अब ‘खल्ती’ बाटै तिर्न सकिने

khalti aggrement

१० चैत, काठमाडौं । खल्ती डिजिटल वालेट र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सहकार्यमा अब मेरो सेयर तथा ७६ वटा डिम्याट खाता सञ्चालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न पाइने भएको छ । यसका लागि कुनै अन्य सेवा शुल्क पनि लाग्नेछैन ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच भएको सम्झौता पश्चात यो लागू भएको हो । डिम्याट खाताधनीहरूले मेरो सेयरको होम स्क्रिनमा लगइन गरी त्यहाँ रहेको प्रोफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गरिएको छ ।

सेयर डिम्याट खाता र मेरो सेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ । समयमा शुल्क नतिरेको खण्डमा मेरो सेयर खाता निष्क्रिय हुने गरेको छ । खाता निष्क्रिय भएको खण्डमा डिम्याट खातामा भएको सेयर स्थानान्तरण गर्न सकिँदैन । साथै विभिन्न कम्पनीले निस्कासन गर्ने प्राथमिक सेयरहरु (आइपिओ) मा पनि आवेदन गर्न सकिँदैन ।

खल्तीका सहायक प्रबन्धक भूर्तेल भन्छन्, “अब ३० लाख भन्दा बढी खाताधनीहरूले खल्ती एप डाउनलोड गरी अनलाइन डिम्याट र मेरो सेयर नवीकरण गर्न मिल्ने भएको छ । यसले थप जनतालाई लगानी गर्न प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु । साथै यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठुलो योगदान पुर्याउने पनि विश्वास राख्दछु ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *