१० चैत, काठमाडौं । भारतको मध्यप्रदेशको ग्वालियरमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ । यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।
ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष समावेश छन् । राज्य सरकारले मृतकको परिवारलाई ४ लाख भारु र घाइतेलाई ५० हजार भारुको सहायता रकम दिने घोषणा गरेको छ । मुख्यमन्त्री शिवराज सिंह चौहनाले शोकाकुल परिवारप्रति समवेदना जताएका छन् ।
प्रतिक्रिया दिनुहोस