सेयर मार्केट

सिंगटीको आईपीओ भर्ने आज अन्तिम दिन

ipo

१० चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । सिंगटीले चैत ६ गतेबाट सय  रुपैयाँ दरको कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सोमबार साँझसम्म यसको आइपिओमा ७ गुणा बढी आवेदन परिसकेको छ । यसको बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबारसम्म १२ लाख २२ हजार ८ सय ३२ जनाले १ करोड ८८ लाख ७२ हजार ९ सय कित्ताका लागि आवेदन परेको छ । सर्वसाधारणलाई मात्र खुला गरिएको सेयरलाई आधार मानेर हेर्ने हो भने ७ गुणा बढी आवेदन परेको हो ।

सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस