विश्व/प्रवास

अल्पसंख्यक मुस्लिममाथि दमन गरेको भन्दै चिनियाँ अधिकारीमाथि यात्रा प्रतिबन्ध

muslim daman

१० चैत, काठमाडौं । मुस्लिम अल्पसंख्यक उइगरमाथि दमन गरेको भन्दै केही पश्चिमी देशहरुले चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध लगाएका छन् । युरोपियन युनियन (ईयू), बेलायत, अमेरिका र क्यानडाले संयुक्त रुपमा सिन्जान प्रान्तका केही अधिकारीहरुमाथि यात्रा प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ ।

सिन्जान प्रान्तको उत्तर–पश्चिमी क्षेत्रको एउटा क्याम्पमा उनीहरुलाई चरम यातना दिएको र यौन तथा श्रमशोषण गरेको आरोप लगाइएको छ । आरोप अस्वीकार गर्दै चीनले उक्त क्याम्प आतंकवादसँग जुध्न ‘पुनःशिक्षा’ दिने उद्देश्यले खोलिएको दाबी गर्दै आएको छ ।

पश्चिमी प्रतिबन्धको प्रतिउत्तर स्वरुप चीनले समेत केही युरोपेली अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ । आरोपी चिनियाँ अधिकारीहरुको ती देशहरुमा भएको सम्पत्तिसमेत ‘फ्रिज’ गरिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस