समाचार

आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविरमा

sagarmartha

१० चैत, काठमाडौं । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधारशिविर पुगेको छ ।  विगत लामो समयदेखि दोस्रो शिविरसम्म बाटो बनाउँदै आएको विशेषज्ञको टोली यही फागुन २५ गते आधार शिविर पुगेको त्यहाँबाट आइसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए ।

टेलिफोन सम्पर्कमा उनले केही दिनमै शिविरको​ एकतर्फको बाटो निर्माणमा जाने तयारी भइरहेको बताए । आधार शिविर पुगेको टोलीले अहिले (रुट) बाटो हेर्ने र आवश्यक तयारीको बारेमा जानकारी लिने काम भने भइसकेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।  उनका अनुसार बाटो निर्माण गर्ने टोलीमा पाल्देन नाम्गेल शेर्पा, आङसार्की शेर्पा, मिङ्गमातेम्बा शेर्पा, दावाजाङ्बु शेर्पा, दावानुरु शेर्पा, ङिमावाङ्छु शेर्पा र फुछेतर शेर्पा रहेका छन् ।

आइसफल डाक्टरले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने गर्दछन् । रुटमा भर्‍याङ राख्नेदेखि डोरी टाङ्ने कामसमेत सोही टोलीले गर्ने आइसफल डाक्टर आङसर्की शेर्पाले बताइन् । सोहीकारण आरोहणपूर्वको यो काम जोखिमपूर्ण हुने उनको भनाइ छ । सगरमाथा आधार शिविर हुँदै सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल चढ्ने गरिन्छ ।

यो वर्ष मौसमले साथ दिएमा वैशाखको दोस्रो साताबाटै आरोहीलाई चुचुरोतर्फ लैजाने योजना छ । अहिले पर्यटन विभागले आरोहण अनुमति खुला गरिसकेको भएपनि सगरमाथा आरोहणका लागि भने कुनैपनि समूहले अनुमति नलिएको निर्देशक मीरा आचार्यले बताइन् । सगरमाथा बाहेक अन्य हिमाल आरोहणका लागि भने तेस्रो समूहले अनुमति लिएको छ ।

अन्नपूर्ण हिमाल आरोहणका लागि १५ जना आरोही सम्मिलित एउटा समूहले आइतवार अनुमति लिएका छन् भने चार जनाको एउटा समूहले नुप्त्से र एक जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति पाएका छन् । योसहित वसन्त याममा हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको संख्या २० पुगेको छ । अघिल्लो वर्ष भने कोरोनाका कारण हिमाल आरोहण बन्द भएको थियो ।

व्यवसाय ठप्प हुँदा घर व्यवहार धान्न नै मुस्किल परेको व्यवसायी कितावसिं तामाङले बताए । यो सिजनमा पर्यटक आउने आशा लागेको तामाङको भनाइ छ । केही पर्यटक आउने क्रम रहेको र हिमाल आरोहणका लागि अनुमतिसमेत प्रदान गर्न थालिएसँगै यस क्षेत्रमा लाग्नेमा आशा पलाएको अर्का पर्यटक व्यवसायी तुलबहादुर तामाङले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *