मुख्य समाचार

लगातार दोस्रो दिन पनि नेपालमा संक्रमितको सङ्ख्या बृद्धि

coronavirus

१० चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् ।

पछिल्लो समय नेपालमा हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । सोमबार १५० जनामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म नेपालमा २ लाख ७६ हजार २४४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७२ हजार ९७ जना निको भएका छन् । हालसम्म कोभिड–१९ बाट नेपालमा ३ हजार १९ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *